कोरोना संक्रमित संख्या बढेसंगै आइसियु र भेन्टिलेटरको अभाव(भिडियो)

काठमाडौ । मुलुकमा कोरोना संक्रमण बढ्दो छ । संक्रमित बढेसंगै आईसीयु तथा भेन्टीलेटरमा राखेर उपचार गर्नु पर्ने विरामीको संख्या पनि बढ्ने चिकित्सकहरुको बुझाई छ । तर आइसीयु तथा भेन्टीलेटरमा राखि उपचार गर्नुपर्ने विरामी संख्या बढेको अवस्थामा भने शैया अभाव हुने देखिएको छ ।
नेपालमा २६ हजार भन्दा बढि कोरोना संक्रमित देखिएका छन् । चिकित्सकहरूका अनुसार संक्रमण देखिएका सबै बिरामीलाई आइसियु वा भेन्टिलेटर आवश्यक पर्दैन । तर संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीलाई आइसियुमा र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । अस्पताल भर्ना भएका बिरामीमध्ये पनि ५ प्रतिशतलाई आइसियुमा राख्नुपर्ने अवस्था आउन सक्छ । आइसियुमा भर्ना भएकामध्ये दुई प्रतिशतलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । तर देशभर कोरोना संक्रमितको संख्या बढ्दो भएका कारण हाल मुलुकमा रहेको आइसीयु र भेन्टीलेटरको संख्या कोरोना संक्रमित बिरामीका लागि पर्याप्त नहुने विज्ञहरु बताउँछन् ।

नेपालमा हाल लक्षण सहितका विरामी थपिदै गएका कारण पनि आइसियु तथा भेन्टिलेटरमा राख्नु पर्ने विरामीको संख्या पनि बढ्दै गएको चिकित्सकहरु बताउँछन् । हाल देशभर भेन्टिलेटरमा रहेका विरामी संख्या ४ र आइसीयुमा ९८ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर भेन्टिलेटरको संख्या ९ सय मात्र छ । त्यस्तै देशभर २६ सय आइसीयु शैया रहेका छन् । जुन पर्याप्त नभएको स्वास्थ्य मन्त्रालय आफै पनि बताउँछ ।

हाल देशभर कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ । जसका लागि थप तयारी आवश्य देखिन्छ । तर कोरोना संक्रमितको संख्या बढ्दै जादाँ समेत सरकारको तर्फ बाट भने कोरोना संक्रमितको उपचारका लागि पर्याप्त तयारी थालिएको देखिदैन । जसले गर्दा भविष्यमा कोरोना संक्रमितको संख्या यहि अनुपातमा बढ्दै जाने हो भने उपचारको अभावमा कोरोना महामारी अझ बढि भयाभह हुने निश्चय छ ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

Techie