कोरोना संक्रमित मनोज गजुरेललाई आईसीयुमा राखेर उपचार गरिँदै

काठमाडौं : कोरोना भाइरसबाट संक्रमित भएका हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालको आईसीयुमा राखिएको छ ।

घरमै आइसोलेसनमा बसेको समस्यामा स्वास्थ्य गम्भीर भएपछि उनी बुधबार अस्पताल भर्ना भएका थिए । गजुरलेमा अक्सिजनको कमी र फोक्सोमा संक्रमण देखिएको उपचारमा सग्लन चिकित्सकले बताएका छन् । गजुरेलमा कार्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

Techie