कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौं उपत्यकामा आइसियू र भेन्टिलेटर अभाव हुँदै

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउन मुस्किल हुनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १५ जना संक्रमित आइसियूमा उपचाररत छन् । काठमाडौं उपत्यकामा शनिवारसम्म संक्रमितको संख्या ५ सय ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ हजार ५ सय ९५ ओटा आइसियू बेड र ९ सय ओटा भेन्टिलेटर छन् ।

यस्तै, ३ हजार ७६ आइसोलेसन बेड र २६ हजार ९ सय ३० वटा हस्पिटल बेड रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उपत्यकाका अस्पतालमा ३ सय २ आइसियू बेड छन् । कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारले उपत्यकामा १ सय २० आइसियू बेड थप गर्ने निर्णय गरेको थियो ।

यही अनुपातमा संक्रमित बढ्दै गए सरकारसँग त्यसलाई धान्ने संरचना छैन । स्वास्थ्य मन्त्रालयका अनुसार २४ जना संक्रमित आइसियूमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२८ असार २०७७, आईतवार ०७:४५ २८ असार २०७७, आईतवार ०७:४५

काठमाडौं : बलिडड…

२६ असार २०७७, शुक्रबार ०७:३९ २६ असार २०७७, शुक्रबार ०७:३९

काठमाडौं : अविरल…

८ श्रावण २०७७, बिहीबार १९:०८ ८ श्रावण २०७७, बिहीबार १९:०८

काठमाडौ । हत्या…

Techie