कोरोना संक्रमित बढ्दै गएपछि ट्रम्पले मास्क लगाउन थाले

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी मास्क लगाएका छन । मास्क प्रयोगको विपक्षमा रहदै आएका उनले वासिङ्गटनको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा मास्क लगाएका हुन् ।

कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा उनले आफूलाई प्रस्तुत गर्दै आएका थिए । अरुले देख्ने गरी मास्क नलगाउने बताएका ट्रम्पले पहिलो पटक सार्वजनिक रुपमा प्रस्तुत हुँदा मास्क लगाएका हुन् ।

मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले मास्क लगाउनु उत्कृष्ट कुरा भएको प्रतिक्रिया पनि दिएका छन आफु कहिले मास्कको विपक्षमा नभएको तर यसको पनि समय र स्थान हुन्छ भन्नेमा चाहिँ विश्वास राख्ने उनको भनाइ छ । यसअघि ट्रम्पले आफूले मास्क नलगाउने बताएका थिए ।

ट्रम्पले अमेरिकामा कोरोना भाइरसबाट एक लाख ३४ हजार सात सय भन्दा धेरैको ज्यान गएपछि तथा ३२ लाख ४२ हजार भन्दा धेरै संक्रमित भएपछि मास्क लगाएका हुन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ६६ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

Techie