कोरोना संक्रमितहरूको मनोबल बढाउन दीप प्रज्वलन

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज एक गते दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरूको सम्मान र कोरोना भाइरस संक्रमितहरूको मनोबल बढाउन राति आठ बजे दीप प्रज्वलन गर्न मन्त्रालयले आग्रह गरेको हो । विश्व विरामी सुरक्षा दिवसको अवसर पारेर मन्त्रालयले दीप प्रज्वलन कार्यक्रम राखेको हो । सोही समयमा कोरोना भाइरसबाट मृत्यु भएकाको सम्झनमा एक मिनेट मौन धारण गर्ने कार्यक्रम समेत मन्त्रालयले तय गरेकौ छ । त्यस्तै असोज सात गते सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा माइतिघरमा दीप प्रज्वलन गर्ने कार्यक्रम पनि मन्त्रालयले तय गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie