कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, १ लाख २८ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । संक्रमणबाट १ लाख २८ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । चार लाख ९२ हजार ६ सयभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या छ लाख १४ हजार नाघेको छ भने २६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यहाँ पछिल्लो चौविस घण्टामा २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमित भएकामध्ये ३८ हजार ६ सयभन्दा बढी उपचारपछि घर फर्किएका छन् । कोरोनाका कारण इटालीमा २१ हजार ६७ जनाको ज्यान गएको छ । इटालीमा एक लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् । ती मध्ये ३७ हजारभन्दा बढी उपचारपछि स्वस्थ भएका छन् । संक्रमणबाट स्पेनमा १८ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ १ लाख ७४ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट फ्रान्समा १५ हजार ७ सय २९ र बेलायतमा १२ हजार १ सय ७ जनाको मृत्यु भएको छ । त्यसैगरी जर्मनीमा ३ हजार ४ सय ९५, नेदरल्याण्डमा दुई हजार ९ सय र बेल्जियममा ४ हजार १ सयभन्दा बढीले ज्यान गुमाएका छन् । इरानमा कोरोना संक्रमणबाट ४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie