कोरोना संक्रमितको संख्या ४६ लाख ४२ हजार नाघ्यो, ३ लाख ८ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४६ लाख ४२ हजार नाघेको छ । संक्रमणबाट ३ लाख ८ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ हजार ५ सय नाघेको छ । अमेरिकामा १४ लाख ८४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । पछिल्लो समय रुसमा संक्रमण दर तीब्र रुपले बढेको छ । त्यहाँ दैनिक १० हजारभन्दा बढी संक्रमित थपिएका छन् । रुसमा संक्रमितको संख्या दुई लाख ७२ हजार नाघेको छ भने दुई हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमणबाट बेलायतमा ३४ हजार , इटलीमा ३१ हजार ६ सय, स्पेनमा २७ हजार ४ सय र फ्रान्समा २७ हजार ५ सय भन्दा बढीको ज्यान गइसकेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८६ हजार ५ सय नाघेको छ भने २ हजार ७ सय ६० जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या ३८ हजार ७ सय नाघेको छ । त्यहाँ ८ सय ३४ जनाले ज्यान गुमाएका छन् । विश्वभर १७ लाख ६८ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

Techie