कोरोना संक्रमितको संख्या ३९ लाख ४२ हजार नाघ्यो, २ लाख ७१ हजार ६ सय भन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ४२ हजार नाघेको छ । संक्रमणबाट दुई लाख ७१ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ हजार ९ सय नाघेको छ । अमेरिकामा १२ लाख ९२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । संक्रमणबाट बेलायतमा ३० हजार ६ सय, इटलीमा २९ हजार ९ सय, स्पेनमा २६ हजार र फ्रान्समा २६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै भारतमा संक्रमितको संख्या ५६ हजार नाघेको छ भने १ हजार ८ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् । पाकिस्तानमा संक्रमितको संख्या २६ हजार ४ सय नाघेको छ भने ५ सय ९९ जनाले ज्यान गुमाएका छन् । विश्वभर १३ लाख ५६ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

Techie