कोरोना संक्रमितको उपचार छाडेर हिडेका स्वास्थ्यकर्मीलाई कारवाही गर्न सिफारिस

रंगेली अस्पतालका सात जना स्वास्थ्यकर्मीलाई कारवाहीको सिफारिस भएको छ । गत कार्तिक सात गते कोरोना संक्रमितको उपचार छाडेर हिडेका स्वास्थ्यकर्मीलाई कारवाही गर्न रंगेली नगरपालिकाले सिफारिस गरेको हो । कारवाही सिफारिस हुनेमा डाक्टर सुनिल कुमार चौधरी, रोशन झा, लक्ष्मीनारायण कामत, स्टाफ नर्स वर्षा श्रेष्ठ, अनिताकुुुमारी मेहता र अनमीहरु यशोदा भण्डारी र आस्मा माझी रहेका छन । महामारीको समयमा गैर जिम्मेबार काम गरेकाले कारवाही गर्न सिफारिस गरिएको नगरप्रमुख दिलिप बगडियाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Techie