कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल अत्यावश्यक कदम चाल्न सर्वोच्चको आदेश

काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तत्काल अत्यावश्यक कदम चाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले कोरोना भाइरसको संक्रमण फैलिन नदिन तत्काल सुरक्षात्मक उपाय अपनाउन सरकारलाई आदेश दिएको हो ।

अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनाको संक्रमण फैलन नदिनका लागि अत्यावश्यक उपायहरु तत्काल अपनाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालयसहितलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Techie