कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । रुपन्देही, भक्तपुर, काभ्रे र मोरङका एक–एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । भक्तपुरको कोरिया मैत्री अस्पतालमा भक्तपुर नगरपालिका–८ लिवालीकी ७४ वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यस्तै भक्तपुर अस्पतालमा उपचाररत काभ्रेको धुलिखेल नगरपालिका–९ का ४१ वर्षीय पुरुषको पनि ज्यान गएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका विराटनगर महानगरपालिका–३ का ६५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनावाट ज्यान गुमाउनेको संख्या ६ सय ९८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२८ भाद्र २०७७, आईतवार ११:०१ २८ भाद्र २०७७, आईतवार ११:०१

सिन्धुपाल्चोक…

२८ श्रावण २०७७, बुधबार १०:३२ २८ श्रावण २०७७, बुधबार १०:३२

काठमाडौं : बीपी…

२३ श्रावण २०७७, शुक्रबार १४:४८ २३ श्रावण २०७७, शुक्रबार १४:४८

काठमाडौ । कोरोना…

Techie