काठमाडौं : कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । सुनसरी र रुपन्देहीमा एक–एक जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
आज विहान बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–१० का ७९ वर्षीय वृद्ध रहेका छन् ।
त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा धरान उपमहानगरपालिका–२ का संक्रमित ८९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।