“कोरोना महामारी नियन्त्रणका लागि राज्य र नागरिकबीचको सहकार्यको आवश्यक छ” – डा. बाबुराम भट्टराई

काठमाडौं: समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना महामारी नियन्त्रणका लागि राज्य र नागरिकबीचको सहकार्यको आवश्यकता औल्याएका छन । आज भिडियो सन्देश सार्वजनिक गर्दै उनले राज्य र नागरिकबीचको सहकार्यले महामारीवाट पार पाउन सकिने बताएका हुन । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले तीन तहका सरकारबीच तालमेल मिलाउने र स्थानीय तहमा सर्वपक्षीय संयत्र निर्माण गरेर सहकार्य गर्नुपर्ने आवश्यकता समेत औल्याएका छन ।

लकडाउनमा चिन्ता भन्दा चिन्तन गर्नुपर्ने उनको भनाइ छ । तनाव मुक्त भएर सकारात्मक सोच राखे रोग प्रतिरोधी क्षमता बढने नेता भट्टराईको भनाइ छ । उनले विदेशवाट आएका नेपालीलाई दुई हप्ता अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह पनि गरेका छन । सुरक्षाकर्मी र स्वास्थ्यकर्मी आवश्यक सामाग्री उपलब्ध गराउन र विपन्नकालागि राहत ब्यवस्था गर्न भट्टराईले सरकारको ध्यानाकर्षण पनि गराएका छन ।

तपाईको प्रतिक्रिया

Techie