कोरोना महामारीका कारण न्यूजिल्याण्डको आमचुनाव एक महिनापछि सर्‍यो

एजेन्सी : कोरोना भाइरस महामारीका कारण न्यूजिल्याण्डको आम चुनाव एक महिना पछि सरेको छ । प्रधानमन्त्री ज्यासिन्डा अर्डनले कोरोना भाइरसका संक्रमितहरु पुनः देखिन थालेपछि चुनाव एक महिनापछिका लागि सारिएको घोषणा गरेकी हुन् ।

सेप्टेम्बर १९ का लागि तय भएको निर्वाचन अव अक्टोबर १७ का लागि तय गरिएको छ । प्रधानमन्त्री ज्यासिन्डाले चुनावको नयाँ मितिले पार्टीहरुलाई परिवर्तित परिवेशमा नयाँ रणनीतिहरु बनाउन तथा चुनावी अभियान चलाउन अवसर दिने उल्लेख गरेकी छिन् ।

यो हप्ताको सुरु कोरोना भाइरसका संक्रमति पुनः देखिएपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु गरिएको छ । आइतबारसम्म न्युजिल्याण्डमा ४९ नयाँ संक्रमित फेला परेका छन् । न्यूजिल्याण्डमा हालसम्म १ हजार ६ सय २२ जनामा संक्रमण देखिएको छ । संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie