एजेन्सी : चीनमा नोवेल कोरोना भाइरसका कारण यति बेला जनजीवन अस्तव्यस्त बनेको छ । वुहान सहरबाट फेलिएको कोरोना भाइरसका कारण एक हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ भने करिब ४३ हजार जनामा भाइरसको संक्रमण देखिएको छ ।
कोरोना भाइरससँग जुधिरहेका विरामीहरुको उपचारमा चिकित्सक तथा नर्सहरु अहोरात्र खटिइरहेका छन् । यसैबीच चीनका विभिन्न प्रान्तबाट वुहान सहरका अस्पतालमा खटिएर जाने चिनियाँ नर्सहरुले स्वेच्छाले आफ्नो कपाल मुण्डन गरेर गएका छन् । लामो कपालका कारण संक्रमण फैलन सक्ने धेरै सम्भावना हुने भन्दै उनीहरुले आफ्नो कपाल मुण्डन गरेर उपचारमा सरिक भएका हुन् ।
Respect! A team of nurses in NW China's Shaanxi shaved their hair before coming in for duty amid coronavirus outbreak to avoid cross-infection. pic.twitter.com/XpseMgSsg9
— People's Daily, China (@PDChina) February 6, 2020
चीनको एक सञ्चारमाध्यम पिपुल्स् डेली चाइनाले हालेको भिडियोमा साङ्सी प्रान्तका नर्सहरुले वुहान जानुअघि कपाल मुण्डन गरेको देखाइएको छ । भिडियोमा उपलब्ध गराइएको जानकारी अनुसार कपाल मुण्डन गर्दा संक्रमण फैलिन रोक्ने मात्र नभई उपचारमा संलग्न हुँदा सुरक्षात्मक लुगा लगाउन र फेर्न समेत सजिलो हुने बताइएको छ ।
Coronavirus-fighting nurses cut hair short before heading to Wuhan to aid the battle against the epidemic. #FightVirus pic.twitter.com/lcjk8G6PDw
— China Xinhua News (@XHNews) February 10, 2020
यस्तै चिकित्सक तथा नर्सहरुले ठुलो मानिसले लगाउन मिल्ने डाइपर लगाएर उपचारमा खटिने गरेका छन् । उनीहरु डाइपर लगाएर शौचालय जाने समय बचत गरेर उपचारमै तल्लिन हुने गरेका छन् । कोरोना भाइरसका कारण चिनियाँ चिकित्सक तथा नर्सहरुमाथि शाररिक दबाब अत्यन्तै बढ्दै गएको बताइएको छ । यसअघि सार्वजनिक भएका चिनियाँ चिकित्सकहरुको तस्वीरमा समेत अनुहारमा मास्कको डाम बसेको देखिन्थ्यो । उनीहरु दिन रात नभनी भाइरस संक्रमितहरुको उपचारमा संलग्न हुँदै आएका छन् ।