कोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु

काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको छ । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ ले संकलन गरेको तथ्यांक अनुसार सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।

यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । यस्तै, युएइ मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र नेपाल १, जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेका छन् । कोरोना भाइरसका कारणले यो साता मात्र थप १७ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेहरुको संख्यामा बेलायतमा १२, युएईमा ३, साउदी अरबमा दुई जना रहेका छन ।

नेपाल बाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । ती मध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ ।

अष्ट्रेलियामा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन् । संक्रमितमध्ये ३५ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन । ११ देशमा गैरआवासीय नेपालीहरुको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie