कोरोना भाइरसको महामारीका कारण यो बर्ष हुने एसिया कप क्रिकेट पनि अनिश्चित

कोरोना भाइरसको महामारीका कारण यो बर्ष हुने एसिया कप क्रिकेट पनि अनिश्चित भएको छ । प्रतियोगिता यसैबर्ष पाकिस्तानमा हुने तय गरिएको छ । तर कोरोना संक्रमण जारी रहेको अवस्थामा खेल अघि बढने सम्भावना कम रहेको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष ईशन मणीले केही महिनामा खेल हुने नहुने निर्णय हुने जानकारी दिएका छन । भारत र पाकिस्तानको सम्बन्धको कारण खेल यूएईमा सर्न सक्ने सम्भावना रहेको छ । यो पटक एसिया कप टी ट्वान्टी फम्याटमा खेलाउने तयारी छ ।

तपाईको प्रतिक्रिया

Techie