कोरोना भाइरसका कारण हङकङमा एक जनाको मृत्यु

एजेन्सी : कोरोना भाइरसको संक्रमणबाट हङकङमा पनि एक जनाको मृत्यु भएको छ । आज विहान ३९ वर्षीय एक चिनियाँ पुरुषको मृत्यु भएको हो । उनी काउलुन स्थितहुङ होम वाम्पोआ गार्डेनमा आफ्नो आमासँग बस्दै आएको बताइएको छ ।

हङकङमा १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । कोरोना भाइरसको संक्रमण रोक्न हङकङले सोमबार मात्रै चीनसँगको नाका बन्द गर्ने घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie