कोरोना भाइरसका कारण वुहान अस्पतालका निर्देशकको मृत्यु

एजेन्सी : कोरोना भाइरसको उदगमस्थल चीनको वुहान शहरस्थित उचाङ्ग अस्पतालका निर्देशकको संक्रमणका कारण आज मृत्यु भएको छ । अस्पतालका निर्देशक लिउ झिमिङको आज बिहान मृत्यु भएको चिनिया सञ्चारमाध्यमले जनाएका हुन् ।

दुई हप्ताअघि भाइरसको महामारीबारे पहिलोपटक चेतावनी दिने डाक्टर लि वेन्लियाङको पनि मृत्यु भएको थियो । भाइरसवाट १६ सय भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया

Techie