कोरोना नियन्त्रण र रोकथाममा सरकारले चासो नदिएको कांग्रेस नेता बस्नेतको आरोप

काठमाडौ । नेपाली कांग्रेसका नेता एवं कांग्रेस खेलकुद बिभागका प्रमुख मोहन बस्नेतले कोरोना नियन्त्रण र रोकथाममा सरकारले चासो नदिएको आरोप लगाएका छन । आइतबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा उनले मुलुकमा कोरोना संक्रमित बढ्दा पनि यसलाई नियन्त्रण गर्न सरकारले कुनै योजना ल्याउन नसकेको बताएका हुन । दैनिक प्रशासनिक संयन्त्र संचालनमा पनि सरकार असफल रहेको नेता बस्नेतको भनाइ छ । पार्टीभित्रको विवादका कारण नेकपाको सरकार कमजोर हुदै गएको हुनसक्ने उनको भनाइ छ । कोरोना संक्रमणको अवस्थामा रगत अभाव देखिएपछि कांग्रेस खेलकुद विभागले रक्तदान अभियान चलाइरहेको छ ।

तपाईको प्रतिक्रिया

Techie