कोरोना नियन्त्रणमा अमेरिका भन्दा रुसले राम्रो काम गरेको छ : पुटिन

एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस संक्रमण रोक्न अमेरिकाले भन्दा आफूहरुले राम्रो काम गरेको दाबी गरेका छन् । रुसी सरकारी टेलिभिजनमार्फत उनले अप्रतक्ष्य रुपमा अमेरिकाले भन्दा आफ्नो देशले महामारीलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको दावी गरेका हुन् ।

उनले अमेरिकाको संक्रमण र मृत्युदरलाई गहिरो आन्तरिक संकटको सज्ञा समेत दिएका छन । सरकारले कोरोना संक्रमण राम्रोसँग व्यवस्थापनको गरिरहेको र पार्टीको चासोपनि समाज र जनताको समस्यामा केन्द्रित रहेको उनको भनाइ छ । कोरोना संक्रमणबाट रुसमा सात हजार मानिसको मृत्यु भएको छ । रुसमा संक्रमितको संख्या पाँच लाख २८ हजार छ ।

तपाईको प्रतिक्रिया

Techie