कोरोना नलागोस् भनेर ट्रम्पले खान थाले हाइड्रोक्सिक्लोरोक्वीन औषधि

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रयोग गर्न थालेको जानकारी दिएका छन् । बैज्ञानिकहरुले प्रभावकारिता पुष्टि नगरेको औषधि ट्रम्पले प्रयोग गर्न थालेका हुन् ।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले आफूले डेढ हप्तादेखि औलोको औषधि हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको बताएका हुन् । विशेष गरी अग्रपंक्तिमा रहेर काम गर्नेहरुले कोरोना भाइरसको संक्रमण नहोस् यो औषधि खाइरहेको ट्रम्पको दावी छ ।

हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरससँग लड्छ वा त्यसविरुद्ध काम गर्छ भन्ने कुनै प्रमाण अहिलेसम्म भेटिएको छैन । तर यो औषधिको क्लिनिकल परीक्षण जारी छ । ट्रम्पले आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको र नियमित रुपमा परीक्षण गरिरहेको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया

Techie