कोरोना खोप दिएको भन्दै ओलीले दिए मोदीलाई धन्यवाद

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यावाद दिएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण कार्यक्रममा नेपाललाई कोरोना भाइरस बिरुद्धको खोप दिएको भन्दै ओलीले धन्यवाद दिएका हुन । कार्यक्रममा ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपालले आवश्यक खोपहरु खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरु भए मान्न तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोपहरुपनि उपलब्ध गराउने विश्वास व्यक्त गरे । उनले भारतले नेपाललाई कोरोनाविरुद्दको खोप सहयोग गर्नु मित्रताको प्रतिकको रुपमा रहेको उल्लेख गर्दै यसले दुईदेश विचको एकतालाई देखाएको बताए । प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालमा कोरोना संक्रमण नियन्यणका लागि भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायत सरोकारवाला निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो । भारतले नेपालसहित छिमेकी अन्य देशहरुलाई पनि खोप उपलब्ध गराएको छ ।

 

 

तपाईको प्रतिक्रिया

Techie