कोरोना कहर: भक्तजनद्वारा बाग्लुङ कालीका भगवती मन्दिरको प्रवेशद्धारमै पूजापाठ (भिडियो रिर्पोट)

काठमाडौं: सरकारले मठमिन्दरमा निशेधाज्ञा जारी गरेपछि प्रसिद्ध शक्तिपिठ बाग्लुङ कालीका भगवती मन्दिर पुगेका भक्तजनले प्रवेशद्धारमा पुजाआजा गरेका छन् । नव दुर्गा लागेपछि सधैं भक्तजनको भिडभाड लाग्ने नेपाल कै प्रसिद्ध शक्तिपिठ बागलुङ कालीका भगवती मन्दिरमा निषेधाज्ञा जारी गरेपछि भक्तजन प्रवेशद्धारवाटै फर्केका हुन ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले मन्दिरमा पुजा अर्चना गर्न रोक लगाएपछि बाग्लुङको प्रसिद्ध कालिका मन्दिर पुगेका दर्शनार्थी प्रवेशद्वारावाटै फर्केका हुन । जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको निर्देशन अनुसार मन्दिरमा दशैंको पूजापाठ रोकिएको कालिका गुठी व्यवस्थापन समितिले जनाएको छ ।

शक्तिपिठहरुमा हुनसक्ने भीडभाड नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपछि प्रहरी परिचालन गरेर मन्दिर भित्र जान रोकेको हो । सर्वसाधारणको लागी पूजा वन्द गरिएको भएपनि नित्य पुजा गरिएको छ ।

टाढा–टाढा देखि मन्दिरमा पूजाका लागि पुगेका दर्शनार्थीहरुले निरासा प्रकट गरेका छन । धार्मिक आस्थाका कारण मन्दिरमा प्रवेश नपाएपछि प्रवेशद्वारमै पूजा गरेर फर्कनुपरेको उनीहरुको भनाइ छ ।

कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै थुप्रै मानिसहरु शक्तिपीठसम्म भने पुगेका छन । बजार निर्वाध चल्न दिएर मन्दिरमा मात्रै प्रवेश निषेध गर्ने कार्यप्रति हिन्दुधर्मालम्बीहरुले असन्तुष्टि जनाएका छन ।

हजारौंको भीड हुने बाग्लुङ कालिका भगवती मन्दिरमा चैते दसैंदेखि नै पूजा प्रभावित छ । मन्दिर सात महिनादेखि सुनसान छ । मन्दिरमा भक्तजनले चढाएको भेटीवाट मात्रै डेढ करोड आम्दानी हुने गरेको छ । पूजा प्रभावित भएपछि मन्दिरको नियमित आम्दानी समेत घटेको छ ।

 

तपाईको प्रतिक्रिया

Techie