कोरोना आशंकामा देशभर १ सय २० जना आइसोलेसनमा

काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कसैलाई कोरोना पुष्टि नभएको प्रष्ट पारेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डाक्टर विकास देवकोटाले पोखराबाट कोरोनाको पोजेटिभ रिपोर्ट नआएको प्रष्ट पारेका हुन् ।

प्रवक्ता देवकोटाले सबै प्रदेशमा मेसिन गएको र त्यहाँ परीक्षणको काम सुरु भएको भए पनि पूर्ण रुपमा सञ्चालनमा आउन भने केही समय लाग्ने बताए । केही शंकास्पद विरामीको परीक्षण केन्द्रीय प्रयोगशालामा भएपछि मात्र यकिन हुने प्रष्ट पारे ।

बिहीबार मात्र एक महिलामा कोरोना पुष्टि भएको थियो । नेपालमा अहिलेसम्म ६ जनाका कोरोना पुष्टि भएको छ । कोरोना आशंकामा देशभर १ सय २० जना आइसोलेसनमा छन् । उपत्यकामा १५ र अन्य सात प्रदेशमा १ सय ५ जनाको आइसोलेसनमा उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
संक्रमितमध्ये एक जना निको भएर डिस्चार्ज भएका छन् । दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, एक जनाको धनगढी र दुई जनाको बागलुङमा उपचार भइरहेकोे छ ।

तपाईको प्रतिक्रिया

Techie