कोरोनाविरुद्ध सेनाको तयारी तीव्र

काठमाडौं : नेपाली सेनाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आन्तरिक तयारी तीव्र पारेको छ । सेनाले सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरुलाई तामिल दिएको छ । उपत्यका बाहिरका नेपाली सेनाका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई तालिम दिएको हो ।

सेनाले वीरेन्द्र अस्पतालमा १० तथा पोखरा, इटहरी र नेपालगञ्ज सैनिक अस्पतालमा २-२ वटा आइसोलेसन कक्षहरु स्थापना गरिएको जानकारी दिएको छ । फिल्ड एम्बुलेन्स १८ वटा र २ दिन भित्र सेनाका प्रत्येक अस्पतालमा ५२ वटा आइसोलेन बेड तयार हुने समेत सेनाले जनाएको छ ।

तालिममा पोखरा, इटहरी र नेपालगञ्ज अस्पालबाट चिकित्सकसहित ६ जना, फिल्ड एम्बुलेन्सका २-२ जना गरी ३६ जना तथा ओपिडी हेर्ने १० जना चिकित्सकहरु तालिममा सहभागी थिए ।

सेनाले मुख्यालयमा ५४ वटा अस्थायी टेन्ट निर्माण गरेको छ । ९ वटा कलस्टर छुट्याएर प्रत्येक कलस्टरमा ६ वटा टेन्ट रहने र एउटा टेन्ट २ वटा बेड हुनेगरी टेण्टहरु निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie