कोरोनाले विश्वका पन्ध्र करोड भन्दा धेरै बालबालिका अभाबको दलदलमा

काठमाडौ । कोरोना महामारी र लकडाउन जस्ता संकटका कारण विश्वमा पन्ध्र करोड भन्दा धेरै बालबालिका गरिबीको दलदलमा धकेलिएको तथ्यांक सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत संस्था यूनिसेफले बालअधिकारको क्षेत्रमा कार्यरत संस्था सेभ द चिल्ड्रेनको सहकार्यमा गरेको अध्ययनले गरिब बालबालिकाको संख्या बढेको देखिएको हो । महामारीका कारण पन्ध्र करोड बालबालिका शिक्षा, स्वास्थ्य, घर, पोषण, सरसफाई र खानेपानीको अभाव झेल्न बाध्य भएका हुन । आगामी दिनमा यो संख्या अझै बढनसक्ने बताइएको छ । कोरोनाका कारण पहिलेदेखि गरिव बालबालिकाको अवस्था थप दयनीय भएको पनि युनिसेफलेल जनाएको छ । कोरोनापछि विश्वमा गरिव बालबालिकाको संख्या एक दशमलब दुई अर्ब पुगेको युनिसेफको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया

Techie