कोरोनाले गर्न सक्ने क्षतिबारे सरकारलाई ज्ञान नै छैन : देउवा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सरकारलाई कोरोना भाइरस (कोभिड-१९) ले गरेको र गर्न सक्ने क्षतिबारे ज्ञान नभएको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता देउवाले सरकारमा जनताको संवेदना बुझ्न सक्ने हृदय नभएको र यस्तोबेला जनतालाई आस्वस्त पार्ने योजना नभएको आरोप पनि लगाए ।

उनले कोरोना आएको चार महिनामा परीक्षण थोरै हुनु, स्वास्थ्य उपकरण अभाव हुनुले कोरोना नियन्त्रणमा सरकार असफल भएको दावी समेत गरे ।

सभापति देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदबाट पारित गर्नेबारे सरकारले उदासिनता देखिएको आरोप लगाए । अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोग सम्बन्धी सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्नेबारे सरकारको उदासिनता देखिएको उनको आरोप थियो ।

सभापती देउवाले हजारौं मानिस स्वदेश फर्कन चाहेकाले तिनका बारेमा ठोस् कार्ययोजना ल्याउन सरकारसँग माग समेत गरे । राजनीतिक लोकप्रियताका लागि गरिने घोषणाले नीति तथा कार्यक्रमको गरिमा नै हराएको उनको दाबी छ ।

सरकारलाई जनताको दुखः प्रति कुनै वेदना नभएको भन्दै उनले जनताको पिडा बुझ्न सक्ने हृदय नभएको भनी टिप्पणी गरे । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षिय योजनाको कोरा कल्पना जस्तो देखिएको भन्दै नेता देउवाले नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पुर्णतः असफल भएको दाबी पनि गरे ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२२ श्रावण २०७७, बिहीबार ०७:३१ २२ श्रावण २०७७, बिहीबार ०७:३१

काठमाडौं : सरकारले…

२ कार्तिक २०७७, आईतवार ०७:३१ २ कार्तिक २०७७, आईतवार ०७:३१

काठमाडौं : बडादशैंको…

१८ माघ २०७७, आईतवार १५:०१ १८ माघ २०७७, आईतवार १५:०१

काठमाडौं : नेकपाको…

Techie