कोरोनालाई चुनौती दिदै मालपोत कार्यलयमा भिड ! खै सतर्कता ?

 कैलाली । कोरोना संक्रमितको संख्या तिब्र गतीमा बढिरहेको बेला कैलालीको भुमी सुधार तथा मालपोत कार्यलयमा सेवाग्राहीको भिड बढेको छ । केहि दिन अघि मात्र कार्यलयका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि कार्यलय तिन दिन सम्म सिल गरिएको थियो । तर आज बाट कार्यलय सुचारु भएपछि सेवाग्राहीहरु निकै बढेका हुन ।

कोरोना महामारीले तिब्र रुप लिई रहेका बेला सरकारी कार्यलयहरुमा लाग्ने यस्तो भिडहरुले कोरोनाको स्थीती भयाभह हुने निश्चित देखिन्छ । सेवाग्राहीहरु कार्यलयले कर्मचारी थप गर्दै सामाजीक दुरी कायम गराउदै काम गर्दा सहज हुने बताउछन । कुपन प्रणाली गर्दा झनै जोखिम बढेकोले कार्यलयले यस्को बैकल्पीक उपाय अपनाउनु पर्ने सेवाग्राहीहरुको भनाई छ ।
भुमी सुधार तथा मालपोत कार्यलयले सेवाग्राहीलाई ब्यावस्थीत गर्न कुपन प्रणाली लागु गरेको जनाएको छ । कोरोनाको जोखिम लाई मध्येनजर गर्दै कार्यलयले सजकता अपनाउन प्रयास गरिरहेको भएपनि मालपोत कार्यलयको भिड भने कम हुन सकेको छैन ।

प्रायः जसो सरकारी कार्यलयहरुले सामाजिक दुरी कायम गर्न नसक्दा कोरोना महामारीको जोखिम झनै बढ्ने देखिन्छ । संक्रमण बढिरहेको अवस्थामा सरकारी कार्यलयहरुमा लाग्ने यस्ता भिडहरु लाई नियन्त्रण गर्न समन्धीत निकायले ध्यान दिन जरुरी छ ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

Techie