कोरोनामुक्त भएर घर फर्किएका पाल्पाका एक युवकले गरे आत्महत्या

काठमाडौं : कोरोनामुक्त भएर घर फर्किएका पाल्पाको रम्भा गाउँपालिकाका एक युवकले आत्महत्या गरेका छन । रम्भा गाउँपालिका–४, हुमिनका २० वर्षीय युवकले गएराति आत्महत्या गरेका छन् । लुम्बिनी मेडिकल कलेजको आइसोलेसन कक्षमा १५ दिन बसेर फर्केकै दिन उनले आफ्नै घरमा आत्महत्या गरेका हुन् ।

एक महिनाअघि भारतको मुम्बईबाट घर फर्केपछि उनी २८ दिनसम्म गाँउको विद्यालयको क्वारेन्टिनमा बसेका थिए । सोही क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनी १५ दिन अस्पतालको आइसोलेसनमा बसेका थिए ।

तपाईको प्रतिक्रिया

Techie