कोरोनाबाट नेपालमा थप ९ जनाको मृत्यु, ६३४ संक्रमित थपिए

काठमाडौं : नेपालका कोरोना भाइरस संक्रमित हुनेको संख्या ३१ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ६ सय ३४ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको हो । देशभरका प्रयोगशालामा एकैदिन १२ हजार ५ सय १९ को पीसीआर परीक्षण गर्दा संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा २ सय १६ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा १ सय ६० भक्तपुरमा ५० र ललितपुरमा ६ जना छन । त्यस्तै सुनसरीमा ३१, मोरङमा ५२, झापामा १७, पर्सामा ६९ र सिरहामा ३५ संक्रमित थपिएका छन् । कास्कीमा १६, बाँकेमा २८, रुपन्देहीमा २३ र कैलालीमा १४ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा थप १ सय २६ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण जितेर घर र्फकनेको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ ।

अहिले देशभर १२ हजार ६ सय २१ जना संक्रमित आइसोलेसनमा रहेका छन् । तिमध्ये ८ हजार ७ सय ५ जना संस्थागत आइसोलेसन र ३ हजार ९ सय १६ जना होम आइसोलेसनमा छन् । संक्रमितमध्ये १२ जना सघन उपचार कक्षमा रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाण्डौमा सक्रिय संक्रमितको संख्या पाँच सय भन्दा बढी छ । म्याग्दी, मुस्ताङ, र हुम्लामा सक्रिय संक्रमितको संख्या सुन्यमा छ ।

देशभरि क्वारन्टीनमा ११ हजार ६ सय ५८ जना छन् । कोरोना भाइरस संक्रमण पत्ता लगाउनका लागि हालसम्म पाँच लाख ९२ हजार ४ सय १८ पीसीआर नमूना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा छ वर्षीया बालिकासहित नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका, ६८ वर्षीय पुरूष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष, बाराका ५८ वर्षीय पुरूष छन् । त्यस्तै सिराहाका ६८ वर्षीय पुरूष, मकवानपुरका ५६ वर्षीय पुरूष र भक्तपुर ७३ वर्षीय पुरूषको पनि कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१५ श्रावण २०७७, बिहीबार १६:४८ १५ श्रावण २०७७, बिहीबार १६:४८

काठमाडौं : नेपालमा…

२९ असार २०७७, सोमबार १६:२१ २९ असार २०७७, सोमबार १६:२१

काठमाडौं : सोमबार…

१४ श्रावण २०७७, बुधबार ०८:४३ १४ श्रावण २०७७, बुधबार ०८:४३

दाङ : अविरल वर्षपछि…

Techie