कोरोनाबाट नेपालमा थप ८ जनाको मृत्यु, ४८४ संक्रमित थपिए, उपत्यकामा १३८ थपिए

काठमाडौ । नेपालमा कोरोना भाइरसका कारण थप आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा आठ संक्रमितको मृत्यु भएको हो । यो एकै दिनमा पुष्टि भएको मृत्यु भएको सर्वाधिक संख्या हो । मृतकमध्ये धनुषाका दुई र काठमाण्डौ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एक जना छन् । मृत्यु हुनेमध्ये दुई महिला र छ पुरुष छन् । उनीहरू ३२ देखि ७८ वर्षका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरस संक्रमणवाट नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको हो । विगत सात दिनमा संक्रमणबाट ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ । कोरोना भाइरस संक्रमितको संख्या पनि २४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपत्यकामा एकै दिन १ सय ३८ जना संक्रमित थपिएका छन । काठमाडौंका एक सय नौ जना, भक्तपुरमा आठ र ललितपुरका २१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौंमा संक्रमितको संख्या १ हजार ४ सय ५१ पुगेको छ । अहिले देशभरका विभिन्न आइसोलेसनमा ७ हजार ६ सय १३ जना संक्रमित उपचार गराइरहेका छन । पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमण मुक्त भएका छन । योसँगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ७ सय २८ सङ्क्रमित निको भएका छन । हालसम्म ६८ दशमलब ४ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण परीक्षणका लागि हालसम्म ४ लाख ७३ हजार १ सय ७९ पीसीआर परीक्षण भएको छ । विगत २४ घन्टामा १० हजार ४ सय ८१ पीसीआर परिक्षण भएको छ । भारत लगायतका मुलुकवाट आएर १४ हजार ८ सय ४६ जना क्वारेन्टिनमा बसिरहेका छन । केही दिनदेखि क्वारेन्टिनमा बस्नेहरुको संख्या बढदो क्रममा रहेको देखिएको छ ।।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१३ असार २०७७, शनिबार १२:१२ १३ असार २०७७, शनिबार १२:१२

काठमाडौं : छिमेकी…

५ भाद्र २०७७, शुक्रबार १०:०६ ५ भाद्र २०७७, शुक्रबार १०:०६

काठमाडौं : पाटन…

२५ असार २०७७, बिहीबार १५:०८ २५ असार २०७७, बिहीबार १५:०८

काठमाडौं : नेपालले…

Techie