कोरोनाबाट थप २२५ जनाको मृत्यु, ५ हजार २२५ निको भए

काठमाडौं – कोरोनाभाइरस संक्रमणको कारण थप २२५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७९ जनाको मृत्यु भएको छ। यस्तै, १४६ जनाको मृत्यु नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनको आधारमा उल्लेख गरेको हो ।

पछिल्लो २४ घण्टामा ९ हजार ४८३ भाइरस संक्रमित थपिएका छन् । २१ हजार ३१६ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५,२२५ जना निको भएका छन् । कूल संक्रमित संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ । आजसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ९७ हजार ८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Techie