कोरोनाको बहानामा बिरामीसँग अतिरिक्त शुल्क लिने अस्पताललाइ कारवाही

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन अस्पतालहरुलाई निर्देशन दिएको छ । अतिरिक्त शुल्क लिए कारबाही गर्ने मन्त्रालयले चेतावनी पनि दिएको छ । मन्त्रालयले सूचना प्रकाशित गर्दै निजी अस्पतालले कोरोना भाइरस संक्रमणको बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो शुल्क नलिन निर्देशन दिएको हो । बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानूनअनुसार कारबाही थालिने सूचनामा उल्लेख छ । निजी अस्पतालले सबै किसिमका सेवामा कोरोना भाइरसको बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेकोमा गम्भीर ध्यानाकर्षण भएकोपनि मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie