कोरोनाको त्रास बढेसँगै रुघाखोकी र ज्वरो लागेर अस्पताल पुग्नेको संख्या बढ्यो 

 

बाग्लुङ : कोरोनाको त्रास बढेसँगै रुघाखोकी र ज्वरो लागेर उपचारका लागि अस्पताल पुग्ने विरामीको संख्या समेत बढेको छ । यस्तोमा बाग्लुङका विभिन्न अस्पतालले उपचार सेवालाई थप चुस्त बनाएको छ ।
कोरोनाका संक्रमणलाई मद्देनजर गर्दै धौलागिरि अन्चल अस्पतालले बहिरंग सेवा बन्द गरेपछि बाग्लुङका नीजि अस्पतालहरु विरामीको उपचारलाई निरन्तरता दिएका छन । कोरोनाको जोखिम भए पनि आफुहरूले उपचारलाई निरन्तरता दिएको नीजि अस्पतालहरुले बताएका छन ।

कोरोनाको चौतर्फी त्रास भएपनि स्वास्थ सेवामा कुनै कमि नआएको नीजि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको भनाई छ ।

सरकारले कोरोनोविरुद्धको तयारीका लागि सरकारी अस्पताललाई बहिरंग सेवा बन्द गर्न निर्देशन दिएपछि सामान्य उपचार सेवा समेत नपाएका बिरामीलाइ भने बागलुङका विभिन्न नीजि अस्पतालमा पुग्न थालेका छन ।

तपाईको प्रतिक्रिया

Techie