कोरोनाको केस बढ्न थालेपछि ‘मनसँग मन’ को प्रदर्शन मिति पोष्टपोन्ड

कोरोनाको केस बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न आग्रह गरिसकेपछि चलचित्र ‘मनसँग मन’ को प्रदर्शन मिति पोष्टपोन्ड गरिएको छ । सरकारले हलमा लागू गरेको ५० प्रतिशत अकुपेन्सी पनि हटाएको छैन ।

यसैले, चैत्र २७ गतेलाई तोकिएको चलचित्रको प्रदर्शन मिति स्थगित गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रको नयाँ मितिका लागि वितरकसँग सल्लाह भैरहेको वुझिएको छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शन मिति पछि सारिएतापनि यसको फस्टलुक भने सार्वजनिक गरिएको छ ।

चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीलाई रोमान्टिक अवतारमा देखाइएको छ । यो चलचित्रमा वुद्दि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि मुख्य भूमिका छ । साथमा, चलचित्रको एक गीतमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् ।

चलचित्रमा कैलाश राइको निर्देशन, अरुण तामाङको लगानी छ । चलचित्रमा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, सन्तोष खवासको एक्सन छ ।

तपाईको प्रतिक्रिया

Techie