कोरोनाका महामारीका कारण हरितालिका तीजमा पनि पशुपति क्षेत्र बन्द हुने

sf7df8f}F, ( kmu'g M dxflzj/flqsf nflu emlsemsfp;Fu l;+ufl/Psf] kz''klt dlGb/ If]q . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाडौं:  पशुपति क्षेत्र बिकास कोषले हरितालिका तीजमा पशुपति मन्दिरमा दर्शन गर्न नआउन आग्रह गरेको छ । कोरोनाका महामारीका कारण हरितालिका तीजमा पशुपति क्षेत्र बन्द हुने भएकाले घरमा नै हरितालिका तीज मनाउन कोषले आग्रह गरेको हो । पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले मन्दिर वरपर नाँचगान र पूजाआजा निषेध गरिएको भन्दै घर मै पूजाआजा गर्न सुझाव दिएका छन । भिडभाड गर्दा कोरोना संक्रमणको जोखिम रहेको भन्दै पशुपतिनाथको बाहिरी घेरा भन्दा भित्र कसैलाई पनि प्रवेश नदिइने बताइएको छ ।

यसअघिका बर्षमा भने कोषले हरितालिका तीजको तयारी एकहप्ताअघिदेखि नै गर्दै आएको थियो । पशुपतिनाथको मन्दिरमा हरेक बर्ष हरितालिका तीजको भव्य मेला लाग्ने गरेपनि यस बर्ष कोरोना महामारीका कारण रोकिएको हो ।

तपाईको प्रतिक्रिया

Techie