कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४ सय नाघ्यो

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या २४ लाख ८१ हजार नाघेको छ । संक्रमणबाट १ लाख ७० हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ । ६ लाख ४६ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७ लाख ९२ हजार नाघेको छ भने ४२ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये ७२ हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोनाका कारण इटालीमा २४ हजार १ सयभन्दा बढीको ज्यान गएको छ । इटालीमा एक लाख ८१ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट स्पेनमा २० हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ भने दुई लाखभन्दा बढी संक्रमित भएका छन् ।

त्यसैगरी, फ्रान्समा २० हजार २ सय, बेलायतमा १६ हजार पाँच सय, जर्मनीमा ४ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । इरानमा ५ हजार २ सय, नेदरल्याण्डमा ३ हजार ७ सय, बेल्जियममा ५ हजार ८ सयभन्दा बढीको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

Techie