कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख २ हजार नाघ्यो

एजेन्सी : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २ हजार ६ सय नाघेको छ । १६ लाख ९७ हजारभन्दा बढी संक्रमित भएका छन् । तीन लाख ७६ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा ५ लाखभन्दा बढी संक्रमित भएका छन् भने १८ हजार सात सयभन्दा बढीको मृत्यु भएको छ । इटलीमा १८ हजार ८ सय, स्पेनमा १६ हजार र फ्रान्समा १३ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ ।

त्यसैगरी बेलायतमा करिव ९ हजार, जर्मनीमा २ हजार ७ सय, नेदरल्याण्डमा दुई हजार ५ सय र बेल्जियममा ३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । इरानमा कोरोना संक्रमणबाट ४ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie