कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन दूतावासको अपिल

काठमाडौं : दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढेपछि दूतावासले विज्ञप्ती प्रकाशित गरेर सतर्क र सजग रहन त्यहा रहेका नेपालीहरूलाई अपिल गरेको हो ।

संक्रमण फैलिएको क्षेत्रमा थुगु तथा आसपासका क्षेत्रमा नेपाली विद्यार्थी र श्रमिकहरु रहेको भन्दै दूतावासले त्यो क्षेत्रका नेपालीलाई बढी सजग र सचेत हुन आग्रह गरेको छ । दूतावासले कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच गर्न पनि सुझाव दिएको छ ।

अवैध रूपमा रहेका कामदारलाई पनि स्वास्थ्य जाँच गर्न दूतावासले आग्रह गरेको छ । संक्रमण फैलिएको क्षेत्रमा करिब ७ हजार नेपाली रहेको अनुमान गरिएको छ । रोजगारीका लागि नेपालमा चालिस हजार भन्दा बढी नेपाली कार्यरत रहेका छन् ।

तपाईको प्रतिक्रिया

Techie