कोराना संक्रमणबाट उपत्यकामा थप ५ जनाको मत्यु , ३८८ संक्रमित थपिए

काठमाडौ । पछिल्लो २४ घण्टामा उपत्यकामा ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन । काठमाडौंमा सबैभन्दा बढी ३ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन । त्यस्तै मोरङमा ५३, सुनसरीमा ७२, धनुषामा ६२, पर्सामा ४९, बारामा २३, सर्लाहीमा पचास जनामा संक्रमण देखिएको छ । त्यस्तै कास्कीमा २४, लमजुङमा १९, बाँकेमा ४२ र रुपन्देहीमा २७ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । जस्मा सक्रिय संक्रमित १८ हजार १ सय ८ रहेका छन् भने २३ हजार २ सय ९० जना निको भैसकेका छन ।

पछिल्लो २४ घन्टामा उपत्यका सहित विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छ महिला र छ जना नै पुरुष छन । मन्त्रालयका अनुसार चितवनमा दुई, काठमाडौं, ललितपुर, तनहुँ, कपिलबस्तुमा एक–एक महिलाको मृत्यु भएको छ । त्यस्तै काठमाडौंमा दुई, चितवन, भक्तपुर, बारा र धादिङमा एक–एक पुरुषको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Techie