कोभिड उपचारका लागि थप तिन अस्पताललाइ स्विकृति

काठमाडौ । सरकारले काठमाडौंका दुई र वीरगन्जको नेसनल मेडिकल कलेज गरी थप तिन अस्पताललाइ कोभिड अस्पताल बनाएको छ ।काठमाडौं उपत्यकाको जनमैत्री र कान्तिपुर अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो । जनमैत्री लामो समयदेखि बन्द थियो ।पछिल्लो समय वीरगन्ज र उपत्यकामै संक्रमित संख्या ह्वात्तै बढेपछि सरकारले थप अस्पतालहरूको व्यवस्थापन गर्ने काम गरिरहेको छ।

अहिलेसम्म उपत्यकामा कोभिड विशेष अस्पतालका रूपमा टेकु, पाटन, र एपिएफ अस्पताल छन्।

तपाईको प्रतिक्रिया

Techie