कोभिड अस्पतालको रुपमा जनमैत्री सञ्चालनमा आयो

काठमाडौ । काठमाडौको बालाजुमा रहेको जनमैत्री अस्पताल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । सरकारले जनमैत्रीलाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेअनुसार आजदेखि १०० बेड क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएको हो ।
काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पहलमा स्वास्थ्य मन्त्रालयले जनमैत्रीलाई कोभिड अस्पतालको रपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
जसअनुसार सोमबार कोभिड अस्पतालको जनशक्तिको रुपमा आएका डाक्टर तथा नर्सलाई वडाध्यक्ष रिजालले पुष्पगुच्छाले स्वागत गरे ।

२०७२ सालको भूकम्पयता जनमैत्री अस्पताल बन्द अवस्थामा रहेको थियो । विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण काठमाडौं उपत्यकाका पनि प्रभावित भएर संक्रमितले उपचार पाउन नसकेको भनिएको बेला सो अस्पताल खुलाउन पहल थालिएको थियो । सोहीअनुसार वडाले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई अस्पताल खुवाउन आग्रह गर्दै पत्राचार गरेको थियो ।

सोही अनुरुप अस्पताल सञ्चालको लागि आवश्यक सम्पूर्ण खर्च स्वास्थ्य मन्त्रालयले व्यहोर्ने गरि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो।

तपाईको प्रतिक्रिया

Techie