कोभिडको संक्रमणबाट बच्न सचेत भई सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौ । प्रधानमन्त्री केपी शर्माओलीले कोभिड–१९ को संक्रमणदर बढ्दै गएकाले फेरी जोखिम बढेको बताएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेको बताएका हुन्।
उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमणबाट बच्न र मुलुकमा लकडाउन गर्नुपर्ने स्थिति आउन नदिन सबैलाई स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाउन आग्रह गरे । पुनः बेसार पानी खान आग्रह गर्दै, सफा सुग्घर हुन, साबुन पानीले हात मुख नियमित धुन र बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन समेत प्रधानमन्त्रीले सबैलाई आग्रह गरे ।
आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताए ।

तपाईको प्रतिक्रिया

Techie