कैलालीमा असई साउद मृत अवस्थामा फेला

धनगढी : धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन् । हिजो रातिदेखि बेपत्ता भएका गोविन्दबहादुर साउदको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो ।

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने बेपत्ता छन् । उनीहरु गएरातिदेखि सम्पर्क विहीन थिए । प्रहरीले चढेको मोटरसाइकल चौकीबाट एक किलोमिटरको दुरीमा फेला परेको छ ।

शव भने तीन किलोमिटरको दुरीमा फेला परेको हो । प्रहरीमाथि तस्कर समूहले आक्रमण गरेको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie