कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालिन लकडाउन

काठमाडौ । कैलालीको कैलारी गाउँपालिकालाई आजबाट अर्को सूचना जारी नहुञ्जेसम्म अनिश्चितकालका लागि लकडाउन गरिएको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको हो । मंगलबार गाउँपालिकास्थित क्वारेन्टाइनमा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छे लगायत ७ जना व्यक्तिहरुमा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । वडा नं. ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरी सरकारको नियमलाई फलोअप गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकालाई लकडाउन गरेको बताए । लकडाउनका बेला अत्यवाश्यक काम बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न प्रवक्ता चौधरीले गाउँपालिकाबासी सबैलाई आग्रह गरेका छन् । यसका साथै उनले सामाजिक दुरी कायम गर्न र सबैलाई मास्क लगाउन र सरसफाईमा ध्यान दिन पनि आग्रह गरे ।

तपाईको प्रतिक्रिया

Techie