के हो ‘पोस्टपार्टम डिप्रेसन’ ? कसरी बच्ने ? (भिडियो रिर्पोट)

काठडमाडौं:  स्वस्थ जीवनका लागि स्वस्थ्य शरीरसंगै मानसिक रुपमा पनि तन्दुरुस्त हुन आवश्यक छ । अझ सुत्केरी अवस्थामा महिलामा हुने मानसिक समस्या ‘पोस्टपार्टम डिप्रेसन’ ले सुत्केरी महिलामा मात्र हैन यसले शिशुलाई समेत असर पर्दछ । तर यस्तो समस्या खुलेर बाहिर नआउँदा स्थिति भयाभह छ ।

पोस्टपार्टम डिप्रेसनको समस्या सुत्केरी आमाहरुमा छ हप्ता भित्रमा देखा पर्न सक्छ । जसमा आमालाई निरन्तर उदासी हुने, बच्चाप्रति पनि कुनै माया मोह नहुने, बच्चाको नियमित हेरचाह पनि गर्न मन नलाग्ने र नगर्ने समस्या देखिन्छ । प्रसवपिडा, आयस्रोत, छोरीको जन्म, घर परिवारसंगको सम्बन्धमा कठिनाइहरू, लगायत यसका मुख्य कारण हुन् । अध्ययनका अनुसार विश्वभर ६५ प्रतिशत भन्दा बढी महिलाहरु पोस्टपार्टम डिप्रेसन अर्थात सुुत्केरी अवस्थामा हुने मानसिक तनावको सिकार बन्ने गरेका छन् । आमा मात्र होइन झन्डै दश प्रतिशत बाबुहरु पनि यस समस्याबाट प्रभाबित हुने गरेका छन् । आधाजसो पोस्टपार्टम डिप्रेसन भएका महिलाका श्रीमानमा डिप्रेसनको विकास हुने गरेको पाईन्छ । नेपालको अवस्थालाई नियाल्ने हो भने १२ देखि १५ प्रतिसत महिलामा यो समस्या देखिएको चिकित्सहरु बताउँछन् ।

अनिच्छित गर्भ रहेका, पहिला डिपे्रसन भएका, गर्भपतन गराएका, अपे्रसन गरिएकालाई पनि यो समस्या देखिन्छ । हरेक दिन सुत्केरी हुने दशदेखि बीस प्रतिशत महिलामध्ये कसलाई यो समस्या भएको केही पत्तो हुँदैन । घरेलु हिंसा पनि पोस्टपार्टम डिपे्रसनको मुख्य कारण मानिन्छ ।

सुरुको लक्षण देखिँदा बेवास्ता गर्ने र रोग बढ्दै जाँदा उपचारको साटो अपहेलना गर्नाले पनि महिलाले आत्महत्यासम्मको बाटो अपनाउन बाध्य हुने भएकाले समयमै उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । पोस्टपार्टम डिप्रेसनवाट बच्नका लागि महिलाहरुलाई शिक्षा प्रदान गर्नु पर्ने विज्ञहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie