केपी ओलीले पूर्व जनमुक्ति सेनालाई खरिद गर्न थालेको – पुष्पकमल दाहाल

काठमाडौं:  नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले पूर्व जनमुक्ति सेनालाई खरिद गर्न थालेको आरोप लगाएका छन् । बर्हिगमित जनमुक्ति सेनाको तेस्रो राष्ट्रिय भेलालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली जनमुक्ति सेना खरिद अभियानमा लागेको आरोप लगाएका हुन् । जनयुद्धको घाइतेहरुलाई उपचार खर्च बढाउन, राहत दिलाउन सरकारसँग पटक–पटक आग्रह गरेपनि अस्वीकार गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले ओलीको भ्रममा नपर्न आग्रहसमेत गरेका छन् ।

अध्यक्ष दाहालले जनमुक्ति सेनाका सबै तहका कमाण्डरलाई पार्टीमा सम्मानजनक रुपमा समायोजन गर्ने नीतिगत निर्णय आफुले गरेको भएपनि तल्लो तहसम्म उचित जिम्मेवारी पाए नपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मालोचना समेत गरेका छन् ।

अध्यक्ष दाहालले पूर्व जनमुक्ति सेनाहरुलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउन लागिएको पनि जानकारी दिए । उनले केही महिनाभित्रै प्रतिगमनविरुद्धको आन्दोलन जित्ने र त्यसपछि जनमुक्ति सेनाको भावना र आवश्यकता पुरा गर्ने भएकाले नआत्तिन आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया

Techie