केआइ सिँह गाउपालिकामा पहिलो पटक एम्बुलेन्स सेवा पुग्यो

डोटीको केआइ सिँह गाउपालिकामा पहिलो पटक एम्बुलेन्स सेवा पुगेको छ । गाँउपालिकामा पहिलोपटक एम्बुलेन्स भित्रिएपछि अकालमा ज्यान गुमाउनुनपर्ने आशा स्थानीयमा जागेको छ ।
नर्बेमा रहेका नेपाली र के आईसिंह गाँउपालिकाको बजेटवाट एम्बुलेन्स खरिद गरिएको हो । नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेको आठ लाख र आन्तरिक बजेट २ लाख ४५ हजार लगानीमा एम्बुलेन्स गाँउपालिकाले खरिद गरेको हो । ५÷६ घण्टा को बाटो हुदै बर्षौ देखी बिरामीलाइ डोका डाला तथा स्टेचरमा बोक्नुपर्ने बाध्यता एम्बुलेन्सले हटाएपछि स्थानीय हर्षित भएका छन ।

एम्बुलेन्सलाई गाँउपालिकाले व्यवस्थित रुपमा सञ्चालन गर्ने तयारी गरेको छ । अव समयमै उपचार नपाएरै गाँउमा कसैले ज्यान गुमाउनुनपर्ने जनप्रतिनिधिको भनाइ छ ।

बिरामी हुदा तथा आकस्मिक घटना दुर्घटना हुदा महंगो खर्च ब्यर्होनुपर्ने, समयमै यातायातको साधन नपाउदा बाटोमै विरामीको मृत्यु हुने बाध्यता अव हटेको गाँउपालिकाले जनाएको छ ।

गाँउपालिकाले गर्भवती महिला र जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिने कार्यविधि बनाएको छ । अन्यको हकमा एम्बुलेन्स सञ्चालन खर्च जुटाउने गरी यातायात खर्च लिने तयारी छ । गाँउमा एम्बुलेन्स आएपछि स्थानीय सरकारको अनुभुति भएको स्थानीयले बताएका छन ।

तपाईको प्रतिक्रिया

Techie