कुवेतमा नेपालसहित ७ देशका नागरिकलाई प्रवेशमा रोक

काठमाडौं : कुवेत सरकारले नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै कुवेतले यस्तो निर्णय गरेको हो ।

अगष्ट एक देखि ब्यवसायिक उडान खुलेपछि नेपाल लगायतका केही मुलुकका नागरिकलाई उसले प्रवेश नदिने भएको हो । प्रवेशमा प्रतिबन्ध लगाइएका मुलुकमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स पनि छन् ।

तपाईको प्रतिक्रिया

Techie